Select Language :

National Emergency Operation Center

Home » मुख्य कार्यहरू

मुख्य कार्यहरू

  • विपद्को अवस्थामा प्रतिकार्यका लागि केन्द्रीय समन्वय निकायको रुपमा कार्य गर्ने। 
  • मानवीय सहायताको लागि केन्द्रीय तहमा समन्वयको केन्द्रविन्दुको रुपमा कार्य गर्ने।  
  • प्रतिकार्यमा संलग्न सम्पूर्ण निकायहरुबीचको समन्वयलाई अभिवृद्धि गर्ने।  
  • विपद्सम्बन्धी तथ्याङ्क एवम् सूचनाको संकलन तथा विश्लेषण गर्ने।  
  • विपद्सम्बन्धी तथ्याङ्क एवम् सूचनाहरु सम्बन्धित सरकारी निकाय, संयुक्त राष्ट्र संघीय निकाय तथा प्रतिकार्यका साझेदारहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघसंस्थाहरुलाई सम्प्रेषण गर्ने।  
  • विपद् न्यूनीकरण तथा अल्पीकरणका लागि केन्द्रीय तथा स्थानीय तहमा पूर्वतयारीका कार्यक्रम निर्माण गर्न सहयोग पुर्‍याउने।